Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई

दैनिकी न्यूज

९, कार्तिक २०७९
रुपन्देही २ मा सत्ता गठबन्धनको समर्थन केशव थापालाई
images

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापालाई समर्थन गरेको छ । गठबन्धनमा आवद्ध चार दलका शीर्ष नेताहरुले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङको उम्मेदवारी खारेज भएपछि उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट अरु कुनै आधिकारिक उम्मेदवार थिएनन् । नेकपा (एमाले) को तर्फबाट भने उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन् ।

सोही निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल भुसाल (निकोलस) को पनि उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो ।

थापा राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष समेत हुन् ।

images
प्रकाशित मिति :कार्तिक ९, २०७९ बुधवार - १९:०५:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology