Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज

दैनिकी न्यूज

१२, कार्तिक २०७९
ललितपुर–३ मा डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज
images

ललितपुर । निर्वाचन आयोगले ललितपुर क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको छ।

डा. कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्यका रुपमा लाभको पदमा बहाल रहेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरमा उजुरी परेको थियो।

कार्की नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य पद राजनीतिक नभई सरकारी कोषबाट भत्ता, भ्रमण भत्ता लगायत आर्थिक सुविधा पाउने कार्यकारी सदस्य पदमा बहाल रहेकाले उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।

आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि डा। कार्कीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । डा। कार्कीको पद लाभको हो कि होइन भनेर आयोगले उनलाई र मेडिकल काउन्सिललाई स्पष्टीकरण सोधेको थियो । त्यसपछि उनको स्पष्टीकरण कागजागतसहित निर्वाचन आयोगमा कारबाहीका लागि पठाइएको थियो ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७९ शनिवार - २०:२०:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology