काठमाडौं । पाल्पाको रामपुर हुगिबाट मनकामना दर्शनको लागि जाँदै गरेको बस नवलपुरको बुलिङ्गटार–२, मा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यू भएको छ ।
ना ६ ख ७५८० नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी बसमा सवार ३५ जना मध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको र बाँकी ३० जना सबै घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बस सडकबाट १०० मिटर तल खसेको छ । बिहान ४ बजे दुघर्टना भएकाले उद्धारमा केही ढिलाइ भएको थियो। दुर्घटनाका घाइतेहरुलाई स्थानीय र प्रहरीले उद्धार गरी चितवन ल्याउने काम भइरहेको छ । भौगोलिक विकटताको कारण उद्धारमा कठीनाई भएको प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।