काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज (सोमबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को लागि लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले १६ दशमलव ५१ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । अर्थात् बैंकले प्रति शेयर १६ रुपैयाँ ५१ पैसा बितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस शेयर प्रस्ताव गरेको छैन ।
बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।