Logo

सोमवार, श्रावण २५ गते २०८३

images

रामेछापका स्वतन्त्र उम्मेदवार रानामगरका आकर्षक चुनावी अजेन्डा, जीत कति सम्भव ?

रामेछापका स्वतन्त्र उम्मेदवार रानामगरका आकर्षक चुनावी अजेन्डा, जीत कति सम्भव ?

केशव घिमिरे

१८, कार्तिक २०७९
रामेछापका स्वतन्त्र उम्मेदवार रानामगरका आकर्षक चुनावी अजेन्डा, जीत कति सम्भव ?
images

काठमाडौं । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रामेछापमा चुनावी घम्साघम्सी छ । यसपटकको चुनावका स्वतन्त्र उम्मेदवारले दलगत उम्मेदवारलाई टक्कर दिएका छन् ।

जिल्लामा लामो समय राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका विक्रम राना मगरले आगामी मंसिर ४ आम निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । आफूले जित्ने दाबीसहित उनी जनताको घरदैलोमा व्यस्त छन् ।

रानामगरले आफूले ढुक्कले प्रतिनिधि सभा सदस्य चुनाव जित्ने दाबी गरेका छन् । ‘मैले विगतमा पनि यस क्षेत्रमा राम्रो गरेको हो,’ उनले भने, ‘यसपटक पनि नयाँ अजेण्डा लिएर आएको छु, ती अजेण्डा पुरा गरेरै छाड्ने छु ।’

उनले जिल्लाको विकास र राजनीतिक गतिविधिको लागि नयाँ अजेन्डा पनि तय गरेका छन् । आफू निर्वाचित भए उनले आगामी पाँच वर्षमा जिल्लालाई केन्द्र सरकारसँग नजिक गराउने, विगतमा हुन नसकेका विकास निर्माणका कामलाई तीब्रता दिने, शिक्षा, स्वास्थ्य, यातायात, रोजगारलगायत क्षेत्रमा आमूल परिवर्तन ल्याउने घोषणा पत्रमा उल्लेख गरेका छन् । उनले आफूले चुनाव जिते आगामी पाँच वर्षमा यी काम गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।
- कृषिको विकास गर्ने,
- रोजगारी सिर्जना गर्ने,
- माध्यमिक तहसम्मको शिक्षालाई सहज बनाउने,
- स्कूल क्याम्पसलाई व्यवस्थित गर्ने,
- स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरु व्यवस्थित गर्ने,
- भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने,
- खानेपानीको बन्दोवस्त मिलाउने,
- नयाँ जलविद्युत परियोजना सञ्चालन गर्ने,
- खनिज पदार्थलाई व्यवस्थित गर्ने,
- पर्यटन क्षेत्र उकास्ने,
- वन जंगल संरक्षण गर्ने
- जडिबुटी संकलन गर्ने,
- सिचाँइ योजनाहरु अघि बढाउनेलगायत ।

हेर्नुहोस् रानामगरको चुनावी घोषणापत्र

314018359_833294171156089_3374081081072798221_n.jpg

314027880_3323158971337079_4048646829463795331_n.jpg

313996204_585707876694549_7240772230899984396_n.jpg

313928014_1519649631795238_1313462766737776704_n.jpg

314140534_1295756381235449_667452945070950565_n.jpg

313375266_638660391133246_5925237488739437800_n.jpg

314344068_1566363847125737_6036926957556568695_n.jpg

314393765_1805672166499502_1858624170167362070_n.jpg

 

 

 

 

images
प्रकाशित मिति :कार्तिक १८, २०७९ शुक्रवार - १६:१६:२६ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology