Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मध्यरातमा डोटीमा भूकम्प, ६ जनाको मृत्यु

मध्यरातमा डोटीमा भूकम्प, ६ जनाको मृत्यु

दैनिकी न्यूज

२३, कार्तिक २०७९
मध्यरातमा डोटीमा भूकम्प, ६ जनाको मृत्यु
images

काठमाडौं । मंगलवार मध्यरातमा सुदूरपश्चिमको डोटीमा गएको शक्तिशाली भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ ।

मध्यराति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्यूडको भूकम्पले पूर्वीचौकी गाउँपालिका वडा नं. ३ गैरा गाउँको एक घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । घटनामा अन्य ५ जना घाइते भएको छ ।

प्रहरीका अनुसार, घर भत्किँदा ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।

यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुस गरिएको छ ।

यसअघि मंगलवार राति खप्तड राष्ट्रिय निकुञ्ज डोटी आसपास केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युटको भूकम्प मापन गरिएको थियो ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो । 

images
प्रकाशित मिति :कार्तिक २३, २०७९ बुधवार - ०६:४५:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology