Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मोरङ ३ को प्रदेश सभा (क) मा आज उम्मेदवारको मनोनयन दर्ता

मोरङ ३ को प्रदेश सभा (क) मा आज उम्मेदवारको मनोनयन दर्ता

दैनिकी न्यूज

२४, कार्तिक २०७९
मोरङ ३ को प्रदेश सभा (क) मा आज उम्मेदवारको मनोनयन दर्ता
images

काठमाडौं । निर्वाचन आयोगले मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) मा चुनावका लागि नयाँ कार्यतालिका प्रकाशित गरेको छ।

नेपाली कांग्रेसका उम्मेदवार रहेका शेखरचन्द्र थापाको हिजो निधन भएपछि यो क्षेत्रमा फेरि उम्मेदवारको मनोनयनका लागि कार्यतालिका प्रकाशित भएको छ।

आयोगका अनुसार कात्तिक २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्ने समय दिइएको छ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची कात्तिक २४ गते अपरान्ह ४ बजेभित्र आयोगले प्रकाशित गरिसक्नेछ।

उम्मेदवारको विरोधमा कात्तिक २४ गते अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिनेछ।

उम्मेदवारको नामावली फिर्ता लिन कात्तिक २५ गते पाइनेछ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने कात्तिक २५ गते अपरान्ह ३ बजेसम्म हुनेछ।

उम्मेदवारलाई कात्तिक २५ गते अपरान्ह चिन्ह दिइने आयोगले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७९ बिहिवार - ०७:५७:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology