Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गरिमा विकास बैंकले प्रस्ताव गर्यो लाभांश

गरिमा विकास बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२५, कार्तिक २०७९
गरिमा विकास बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८–७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८–७९ को संचित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार बराबरको नगद गरि कुल १४.५० प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । धितो

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ११:२३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology