Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

गरिमा विकास बैंकले प्रस्ताव गर्यो लाभांश

गरिमा विकास बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

२५, कार्तिक २०७९
गरिमा विकास बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०७८–७९ सम्म सञ्चित रहेको मुनाफाबाट १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशत नगद लाभांश गरि कुल १४.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले आर्थिक बर्ष २०७८–७९ को संचित मुनाफा तथा शेयर प्रिमियम समेतबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ५९ करोड ८ लाख ७३ हजार ५ सय १ रुपैयाँको १३ प्रतिशतले हुन आउने ५९ करोड ६८ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.५० प्रतिशतले हुन आउने ६ करोड ८८ लाख ६३ हजार बराबरको नगद गरि कुल १४.५० प्रतिशतले हुन आउने ६६ करोड ५६ लाख ७६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । धितो

images
प्रकाशित मिति :कार्तिक २५, २०७९ शुक्रवार - ११:२३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology