Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चुनाव खर्च उठाउन केबलकारको भाडा वृद्धि

चुनाव खर्च उठाउन केबलकारको भाडा वृद्धि

दैनिकी न्यूज

२८, कार्तिक २०७९
चुनाव खर्च उठाउन केबलकारको भाडा वृद्धि
images

दोलखा । आसन्न प्रतिनिधि सभाको चुनाव खर्च उठाउन कालिञ्चोक केबलकारले भाडा बढाएको छ । कालिञ्चोक दर्शन लिमिटेडले मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएपछि दोलखाको कालिञ्चोकमा रहेको केबलकारको भाडा बढाएको हो । पर्यटकीय सिजन सुरु भएसँगै २० प्रतिशत बढाएर प्रतिव्यक्ति ६ सय पुर्‍याएको छ । यसले कालिञ्चोक आउन पर्यटकहरूमा नकारात्मक असर पुर्याएको छ ।

प्रतिनिधि सभाका लागि दोलखाबाट नेकपा एमालेले बालकृष्ण शिवाकोटीलाई उम्मेदवार बनाएको छ । शिवाकोटी कालिञ्चोक दर्शन लिमिटेडका अध्यक्ष समेत हुन् । पैसाले नै मतदाता खरिद गर्न सकिन्छ भन्ने उद्देश्यले चुनाव खर्चका लागि केबलकारको भाडा बढाएका हुन् ।

४ वर्षअघि सञ्चालनमा आएको केबलकारमा ४ वटा गोण्डला रहने छन् । हरेक डब्बामा १० जना बस्न सकिने क्षमता रहेको छ । केबलकारको भाडा यसअघि ५ सय रहेकोमा दसैं अघिदेखि १०० रुपैयाँ बढेको छ ।

कुरीबाट कालिञ्चोकसम्म पुग्नका लागि केबलकारको लम्बाइ ९ सय मिटर मात्र रहेको छ । यसमा एकतर्फी यात्रा गर्न ४ मिनेट लाग्छ । कालिञ्चोक केबलकार मनकामना र चन्द्रागिरि हिल्सपछिको तेस्रो केबलकार हो । मनकामना ३ किलोमिटर लामो केबलकारको ७ सय र चन्द्रागिरि ४ किलोमिटरको भाडा ८ सय रुपैयाँ भाडा छ ।

कालिञ्चोकको कुरीबाट मन्दिरसम्म पुग्न एक किलोमिटर उकालो हिँड्नु पर्छ । कतिपय धार्मिक पर्यटकहरु त्यही उकालो चढ्न नसकेकै कारण बीच बाटोबाटै फर्किन बाध्य हुने गरेका छन् । केबलकार निर्माणपछि कालिञ्चोक धार्मिक पर्यटकहरु बढेका छन् । तर भाडा वृद्धिले कालिञ्चोकमा यात्रुहरुमा असर गरेको कालिञ्चो मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष सुकमान तामाङले बताए ।

२६ करोड रुपैयाँको लागतमा निर्माण गरिसक्ने लक्ष्य लिए पनि केबलकारको लागत ४० करोड रुपैयाँ पुगेको थियो । सञ्चालन खर्च धान्न नसक्ने भएकाले भाडा बढाउनु परेको कालिञ्चोक दर्शन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले बताए । भाडा बढेपछि कतिपय यात्रु भनेर हिडेरै मन्दिर जान थालेका छन् ।

केबलकार बनेको क्षेत्र कालिञ्चोक गाउँपालिका वडा नं. १ र ५ बीच सिमाको स्वामित्व विवाद छ । त्यसैगरी केबलकारले भोगचलन गरेको जग्गा समेत गुठी र वन कसको भन्ने समेत विवाद छ । केबलकार सञ्चालन शिवाकोटीले पहुँचका भरमा गुठी बनाएर कम्पनीले भने गुठीसँग सम्झौता गरेको छ ।

जग्गा सम्बन्धि विवाद अख्तियारले छानविन गरिरहेको छ । जग्गा विवादकै कारण केबलकार निर्माणका बेला पटक पटक स्थानीयसँग झडप भएको थियो ।

312571947_648691836694705_3212756545641461241_n.jpg

images
प्रकाशित मिति :कार्तिक २८, २०७९ सोमवार - ०७:४७:२४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology