Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज

दैनिकी न्यूज

२, मंसिर २०७९
नेपाल र यूएईबीचको अन्तिम एक दिवसीय खेल आज
images

काठमाडौं । घरेलु टोली नेपालले तेस्रो तथा अन्तिम एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज (शुक्रबार) पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।

नेपाल र युएईबीचको यस खेल सिरिजको निर्णायक खेलको रुपमा रहेको छ । किनकि तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा युएई ८४ रनले विजयी भएको थियो । तर, दोस्रो खेलमा नेपालले ३ विकेटको जित हासिल गरेको थियो ।

यस्तोमा अन्तिम खेलमा दुबै टोली जित निकाल्दै सिरिज आफ्नो बनाउने योजनामा रहेका छन् ।

नेपाल आजको खेल जित्दै सिरिज २–१ ले जितेर ईतिहास कायम गर्न चाहन्छ ।

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - ०७:५०:५४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology