Logo

आइतवार, श्रावण २४ गते २०८३

images

युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य

युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य

दैनिकी न्यूज

२, मंसिर २०७९
युएईले दियो नेपाललाई १७७ रनको लक्ष्य
images

काठमाडौं । युएईसँगको तिन खेलको एक दिवसीय सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालले १ सय ७७ रनको विजयी लक्ष्य पाएको छ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।

युएईका लागि आयन अफजल खानले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले । हजरत बिलालले अविजित २० रन बनाए ।

मात्र ९३ रन जोड्दा ९ विकेट गुमाएको युएईका लागि आयन र हजरतले अन्तिम विकेटका लागि ८३ रनको साझेदारी गरे।

यस्तै अलिशन शराफुले सर्वाधिक ३३ रन बनाए । रोहन मुस्तफाले २४ तथा मुहमद वासिमले ११ रन बनाए ।

नेपालका गुल्सन झाले पहिलो विकेट लिँदै राम्रो सुरूआत गरेका थिए।

खेलमा नेपालका गुल्सन झा, दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले २(२ विकेट लिए। दिपेन्द्र सिहं ऐरीले १० ओभरमा २२ रन दिएर दुई विकेट लिए भने गुल्सन झाले ७ ओभर बलिङ गरेर ४२ रन दिँदै २ विकेट लिए। पार्ट टाइम बलर कुशल भुर्तेलले ७ ओभरमा ३२ रन दिएर २ विकेट लिए। ललित राजवंशी र सोमपाल कामीले १(१ विकेट लिए।

 

images
प्रकाशित मिति :मंसिर २, २०७९ शुक्रवार - १२:४४:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology