Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कविता: पराजित मनस्थिति

कविता: पराजित मनस्थिति

दैनिकी न्यूज

३, मंसिर २०७९
कविता: पराजित मनस्थिति
images

राजिव श्रेष्ठ
धापाखेल

बुद्ध मानवलाई
क्रोध दानव तुल्याएपछि
जीन्दगी भो यौटा युद्ध मैदान


कति अघि बढ्ला र खै जीन्दगी ?
केवल सम्झौताको रहरमा
जब की जीवन त बदलिइसक्यो
बक्यौताको बहरमा !!


अब सुभाषित फूल फूल्ने छैनन्
जीवनको अत्यासलाग्दो बगैँचामा
केवल निराश आशाहरु
टोलाई बस्नेछन् फलैँचामा


नाटक मंचनको गन्थनले
रन्थनिएको रणभूमिमा
योद्धाहरु हैनन्
खाली पराजित मनहरु
तर्क वितर्क गरी बस्नेछन्
कुतर्कको सघांरमा !!

images
प्रकाशित मिति :मंसिर ३, २०७९ शनिवार - ०६:५८:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology