ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का रामेश्वर श्रेष्ठ विजयी भएका छन् । उनी ८ हजार २९८ मतका साथ विजयी भएका हुन् ।
यस्तै राप्रपाका धनराम केसी ६ हजार ८५१ मतका साथ पराजित भए भने कांग्रेसकी रिसा श्रेष्ठ तेस्रो भइन् । निर्वाचित श्रेष्ठ महालक्ष्मी नगरपालिकाका पूर्व नगरप्रमुख हुन् ।