ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका रामकृष्ण चित्रकार विजयी भएका छन् । उनी ६ हजार ९९५ मतका साथ विजयी भएका हुन् ।
त्यस्तै निकटम प्रतिस्पर्धी नेकपा एमालेका ज्ञानेन्द्र शाक्यले ६ हजार ८३२ मतका साथ पराजित भए भने हाम्रो नेपाली पार्टीका मंगलकृष्ण जोशीले ५ हजार ९५४ मत ल्याई तेस्रो भए । त्यस्ै राप्रपा नेपालका हसिना शाक्यले ३ हजार ७८५ मत, नेपाल मजदुर पार्टीका महेन्द्र बज्राचार्यले १ हजार १६८ मत ल्याए ।