Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

बाँके–२ मा राप्रपामा धवलशमशेर राणा विजयी

बाँके–२ मा राप्रपामा धवलशमशेर राणा विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
बाँके–२ मा राप्रपामा धवलशमशेर राणा विजयी
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाँके क्षेत्र नं. २ बाट विजयी सुरूआत गरेको छ। राप्रपाका धवलशमशेर राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनले जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गरेका छन्। इश्तियाकले २३ हजार ५ सय २० मत प्राप्त गरेका छन्।

राप्रपा र एमालेबीच बाँके–२ मा गठबन्धन भएको थियो भने जसपाका इश्तियाक एक्लै मैदानमा ओर्लिएका हुन्।

सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०७:३१:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology