Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बाँके–२ मा राप्रपामा धवलशमशेर राणा विजयी

बाँके–२ मा राप्रपामा धवलशमशेर राणा विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
बाँके–२ मा राप्रपामा धवलशमशेर राणा विजयी
images

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बाँके क्षेत्र नं. २ बाट विजयी सुरूआत गरेको छ। राप्रपाका धवलशमशेर राणाले २९ हजार ५ सय ७७ मत प्राप्त गर्दै जित हात पारेका हुन्।

उनले जनता समाजवादी पार्टीका मोहम्मद इश्तियाक राईलाई पराजित गरेका छन्। इश्तियाकले २३ हजार ५ सय २० मत प्राप्त गरेका छन्।

राप्रपा र एमालेबीच बाँके–२ मा गठबन्धन भएको थियो भने जसपाका इश्तियाक एक्लै मैदानमा ओर्लिएका हुन्।

सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका सुदीप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०७:३१:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology