Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

तनहुँ–२ मा नेपाली कांग्रेसका भण्डारी विजयी

तनहुँ–२ मा नेपाली कांग्रेसका भण्डारी विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
तनहुँ–२ मा नेपाली कांग्रेसका भण्डारी विजयी
images

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। भण्डारीले ३० हजार ६ सय चार मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएको पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरे । खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०७:३६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology