Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तनहुँ–२ मा नेपाली कांग्रेसका भण्डारी विजयी

तनहुँ–२ मा नेपाली कांग्रेसका भण्डारी विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
तनहुँ–२ मा नेपाली कांग्रेसका भण्डारी विजयी
images

काठमाडौं । तनहुँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार भण्डारी ५ हजार चार सय ७४ मतान्तरले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। भण्डारीले ३० हजार ६ सय चार मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका किरण गुरुङले २५ हजार एक सय ३० मत पाएको पाएका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका विजय जोशीले पाँच हजार तीन सय ७३, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेन्द्रप्रताप महतले एक हजार चार सय २१ मत प्राप्त गरे । खसेको कुल मत ६८ हजार आठ सय १७ रहेको छ भने तीन हजार पाँच सय ८१ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०७:३६:०५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology