काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधिसभातर्फको निर्वाचनमा पहिलो जीत हासिल गरेको छ।
अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर कुँवर निर्वाचित भएका हुन्।
कुँवरले १९ हजार ५३४ मत ल्याउँदै निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का झपटबहादुर बोहरालाई पराजित गरेका हुन्।
बोहराले १५ हजार ४५ मत मात्र प्राप्त गरे। स्वतन्त्र उम्मेदवार राजन कुँवरले ४ हजार ३९२ मत ल्याएका छन्। यो क्षेत्र नेकपा एमाले नेता भीम रावलको हो।