Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

सुर्खेत–२ मा नेपाली कांग्रेसका थानी विजयी

सुर्खेत–२ मा नेपाली कांग्रेसका थानी विजयी

दैनिकी न्यूज

७, मंसिर २०७९
सुर्खेत–२ मा नेपाली कांग्रेसका थानी विजयी
images

काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । थानीले बुढाक्षेत्रीलाई ५ हजार ६७ मतान्तरले पराजित गरेका छन् ।

थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । विसं २०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गरेका थिए ।

थानी यसअघि वि.सं. २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

images
प्रकाशित मिति :मंसिर ७, २०७९ बुधवार - ०८:०९:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology