काठमाडौं । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी विजयी भएका छन् । उनी ३४ हजार छ सय २५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का अमृतबहादुर बुढा क्षेत्रीले २९ हजार ५ सय ५८ मत प्राप्त गरेका छन् । थानीले बुढाक्षेत्रीलाई ५ हजार ६७ मतान्तरले पराजित गरेका छन् ।
थानीले योसँगै तीनपटक प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका छन् । विसं २०७४ मा एमालेका नवराज रावतसँग उनी पराजित भएका थिए । रावतले ३७ हजार चार सय ४७ मत ल्याएर निर्वाचित हुँदा थानीले २८ हजार छ सय ४६ मत प्राप्त गरेका थिए ।
थानी यसअघि वि.सं. २०५६ र २०७० मा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।