काठमाडौं । ताप्लेजुङबाट नेकपा (एमाले) का सचिव योगेश भट्टराई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
बुधबार सकिएको मत गणनामा नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् ।
भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिस्पर्धी बुढा क्षेत्रीले २१ हजार ७३५ मत पाएका छन् । सुरूवातीदेखि नै टक्कर भए पनि अन्तिम चरणमा योगेशले खेलप्रसादलाई पछि पार्दै बाजी मारेका हुन्।
उनी २०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।