काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा तर्फ दोस्रो जित दर्ता गराएको छ । माओवादी केन्द्रबाट रुकुम पूर्वमा उम्मेदवार रहेका पूर्णबहादुर घर्ती मगरले जित हासिल गरेका हुन् । उनले १२ हजार २६२ मतका साथ विजय हासिल गर्दा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार चन्द्रराज झाँक्रीले ८९६ मत पाए ।
प्रदेश सभामा स्वतन्त्र र कांग्रेसले जिते
प्रदेश सभा १ मा स्वतन्त्र उम्मेदवार सुरुल पुन ४ हजार ४६५ मतका साथ विजयी भएका छन । उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका तेज बहादुर ओलीले ३ हजार ९३२ मत प्राप्त गरेका छन ।
रुकुम पूर्वकै प्रदेश सभा २ मा भने नेपाली कांग्रेसका धनवहादुर केसी ४ हजार ८६२ मतका साथ विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नरहरि खड्काले २ हजार ६१८ मत प्राप्त गरे ।