Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा निर्वाचित, एमालेका महेश बस्नेत पराजित

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा निर्वाचित, एमालेका महेश बस्नेत पराजित

दैनिकी न्यूज

८, मंसिर २०७९
भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापा निर्वाचित, एमालेका महेश बस्नेत पराजित
images

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतलाई ८२३ मतान्तरले पराजित गरेका हुन् ।

थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिस्पर्धी बस्नेतले २२ हजार ६७७ मत पाए । त्यसैगरी नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३ हजार ८२० र राप्रपाका मोहन केसीले २ हजार ४८६ मत पाएका छन् ।

यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०६:५३:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology