Logo

शुक्रवार, कार्तिक ७ गते २०८३

images

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

दैनिकी न्यूज

८, मंसिर २०७९
डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित
images

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आलेले नेकपा (एमाले) का उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०६:५८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology