Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित

दैनिकी न्यूज

८, मंसिर २०७९
डोटीमा एकीकृत समाजवादीका प्रेम आले निर्वाचित
images

काठमाडौं । डोटी जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा प्रेमबहादुर आले निर्वाचित भएका छन् । बिहिबार बिहान मतगणना सम्पन्न हुँदा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार आलेले नेकपा (एमाले) का उम्मेदवार गौरी ओलीलाई ४ हजार २०६ मतान्तरले हराएका हुन् ।

आलेले २७ हजार २१० मत प्राप्त गरे । एमालेकी ओलीले २३ हजार ४ मत प्राप्त गरिन् भने स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ६ हजार ६८९ मत पाए ।

राप्रपाका अंकबहादुर खड्काले ८०२, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केशव बलायरले ७७४ र स्वतन्त्र उम्मेदवार राजप्रासाद जोशीले १०४ मत प्राप्त गरे ।

images
प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - ०६:५८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology