काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नं. ४ बाट फेरि नेकपा (माओवादी केन्द्र) का अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले नेकपा (एमाले) का उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए । राप्रपाका रवि रिजालले ७ हजार ४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका ५ हजार ३३३ मत पाएका छन् ।
मोदी यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित सांसद थिए भने २०७० को संविधानसभा चुनावमा उनी समानुपातिक सांसदमा निर्वाचित भएका थिए ।