Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नुवाकोट–१ मा माओवादीका तामाङ विजयी

नुवाकोट–१ मा माओवादीका तामाङ विजयी

दैनिकी न्यूज

९, मंसिर २०७९
नुवाकोट–१ मा माओवादीका तामाङ विजयी
images

नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार हितबहादुर तामाङ विजयी भएका छन् । ५९ वर्षीय तामाङले एमालेका बद्री मैनालीलाई ३ हजार ८५ मतान्तरले हराएका हुन् । तामाङले २६ हजार ५४८ मत पाए भने मैनालीले २३ हजार ४६३ मत पाए । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रद्युन्त महत क्षेत्रीले भने ६ हजार ११३ मत प्राप्त गरे ।

सोही निर्वाचन क्षेत्रको प्रदेश १ मा माओवादी केन्द्रकी राधिका तामाङ विजयी भएकी छन् भने २ मा कांग्रेसका रमेश कुमार महत विजयी भएका छन् । विजयी सबै सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।

images
प्रकाशित मिति :मंसिर ९, २०७९ शुक्रवार - २२:०१:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology