Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आइतबार सुनचाँदीको भाउ स्थिर

आइतबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

११, मंसिर २०७९
आइतबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारकै भाउमा सुनचाँदीको कारोबार भइरहेको जानकारी दिएको हो ।

महासंघले आज छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ८०० रूपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोला ९७ हजार ३०० रूपैयाँ छ । गत साताको शुक्रबार पनि यही भाउमा छापावाल र तेजाबी सुनको कारोबार भएको थियो ।

गत साताको बिहीबारदेखि निरन्तर नेपाली बजारमा सुनको यही भाउ कायम छ । बिहीबार सुनको भाउ तोलामा १ हजार रूपैयाँले बढेको थियो । यस्तै, आज चाँदीको भाउ पनि स्थिर छ ।

आज चाँदीको मूल्य प्रतितोला १२ सय ९५ रूपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर ११, २०७९ आइतवार - ११:३३:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology