Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनसरी–१ बाट जसपाका अशोक राई विजयी

सुनसरी–१ बाट जसपाका अशोक राई विजयी

दैनिकी न्यूज

१२, मंसिर २०७९
सुनसरी–१ बाट जसपाका अशोक राई विजयी
images

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राई सुनसरी निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।​ निकतटम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गर्दै राई निर्वाचित भएका हुन् ।

राईले १७ हजार ५९ मत ल्याए भने तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । माओवादी केन्द्रका मुक्सामहाङ्ग सुब्बाले १३ हजार ८७ मत ल्याएर तेस्रो हुँदा राप्रपाका अशोककुमार राईले ७ हजार ८८४ पाए ।

एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका मनोजकुमार मेयाङ्गबोले ७ हजार ८१२ मत ल्याए ।

images
प्रकाशित मिति :मंसिर १२, २०७९ सोमवार - ०७:१८:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology