Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आईसिएफसि फाइनान्सको लाभांश घोषणा

आईसिएफसि फाइनान्सको लाभांश घोषणा

दैनिकी न्यूज

१५, मंसिर २०७९
आईसिएफसि फाइनान्सको लाभांश घोषणा
images

काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ सहित नगद लाभांश रहेको छ ।

मंसिर १४ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात फाइनान्सका सम्बन्धित शेयरधनीले प्राप्त गर्न सक्नेछन्।

images
प्रकाशित मिति :मंसिर १५, २०७९ बिहिवार - १०:५७:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology