Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

फर्स्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश

फर्स्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

१६, मंसिर २०७९
फर्स्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने १८ करोड ३२ लाख ५३ हजार ५ सय ५६ रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशतले हुन आउने ९६ लाख ४४ हजार ९ सय २४ रुपैयाँ बराबरको नगद नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले कुल ११ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४ सय रुपैयाँ रहेको छ। 

images
प्रकाशित मिति :मंसिर १६, २०७९ शुक्रवार - १०:०९:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology