Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एनएलजी इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

एनएलजी इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

१८, मंसिर २०७९
एनएलजी इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । एनएलजी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल अद्यावधिक रुपमा कायम रहेको चुक्ता पुँजी रु. १ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ को १० प्रतिशतका दरले बोनस शेयरको रुपमा लाभांश रु। १३,२६,६१,४३६/- प्रदान गर्ने, तथा प्रस्तावित उक्त बोनस शेयरमा लाग्ने कर रकमका लागि ०.५२६३१५८ प्रतिशतका दरले रु.६९,८२,१८१/- नगद लाभांशबाट समायोजन गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

images
प्रकाशित मिति :मंसिर १८, २०७९ आइतवार - १८:४१:०८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology