Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी

दैनिकी न्यूज

१९, मंसिर २०७९
दोलखाबाट माओवादी केन्द्रका गंगा कार्की विजयी
images

काठमाडौं । दोलखाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की (विश्व) विजयी भएका छन् ।

कार्कीले ३६ हजार ७९९ मत प्राप्त गरे भने शिवाकोटीले ३६ हजार ४८२ मत प्राप्त गरे । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ७९३ मत ल्याउँदा राप्रपाका विजय खड्काले १ हजार ५६१ मत प्राप्त गरेका छन्। 

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय भएका छन् । उनले २३ हजार तीन सय ३१ मत प्राप्त गरेका छन् भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार ३ सय ५६ मत प्राप्त गरेका थिए ।

प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।

कार्कीको जितसँगै माओवादी केन्द्रले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ सिट पुर्याएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

images
प्रकाशित मिति :मंसिर १९, २०७९ सोमवार - ०९:५४:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology