काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज (सोमबार) बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश गरि कुल १३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्तामा वितरण हुनेछ।