Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

२०, मंसिर २०७९
नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ देखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज (मङ्सिर २० गते) सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले पुस ७ गते बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश, मर्जर, लगायतका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट ४ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - ०९:२४:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology