Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आरएमडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

आरएमडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

केशव घिमिरे

२०, मंसिर २०७९
आरएमडिसी लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले हालसम्मकै उच्च बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

लघुवित्तले गत आर्थिक वर्ष २०७८–७९ को वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। लघुवित्तले घोषणा गरेको बोनस शेयर हालसम्मकै उच्च हो भने कुल लाभांश पछिल्लो ७ वर्ष यताकै उच्च हो।

मंसिर १९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ। 

images
प्रकाशित मिति :मंसिर २०, २०७९ मंगलवार - १०:४३:५७ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology