काठमाडौं । आज (मंगलबार) सुनको भाउ घटेको छ । सोमबार तोलाको ९९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेर तोलाको ९९ हजार ३ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ६ सय रुपैयाँले नै घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ ।