Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेप्सेमा एकैदिन तीन कम्पनीको ४ करोड कित्ता सेयर सूचीकृत

नेप्सेमा एकैदिन तीन कम्पनीको ४ करोड कित्ता सेयर सूचीकृत

दैनिकी न्यूज

२७, मंसिर २०७९
नेप्सेमा एकैदिन तीन कम्पनीको ४ करोड कित्ता सेयर सूचीकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको ३ करोड ९२ लाख कित्ता बढी सेयर सूचीकरण भएको छ ।

भिन्दाभन्दै तीन कम्पनीको कुल ३ अर्ब ९२ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ करोड ९२ लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार पिपुल्स हाइड्रोपावर कम्पनीको ३ करोड २० लाख कित्ता, इष्टर्न हाइड्रोपावर कम्पनीको ६२ लाख कित्ता र श्रृजनशील लघुवित्तको १० लाख ९३ हजार ७५० कित्ता सेयर सूचीकृत भएको हो ।

मंगलबार सूचीकृत भएको तीनवटै कम्पनीको सेयर बुधबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सुचारु हुनेछ । नेप्सेमा सेयर सूचीकृत भएको दोस्रो दिनदेखि कारोबार खुल्ने व्यवस्था छ ।

images
प्रकाशित मिति :मंसिर २७, २०७९ मंगलवार - २०:२१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology