Logo

आइतवार, श्रावण २४ गते २०८३

images

अर्जेन्टिना विश्वकपको फाइनलमा

अर्जेन्टिना विश्वकपको फाइनलमा

दैनिकी न्यूज

२८, मंसिर २०७९
अर्जेन्टिना विश्वकपको फाइनलमा
images

काठमाडौं । साविक उपविजेता क्रोएसियालाई हराउँदै अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

दोहाको लुसेल रंगशालामा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोल अन्तरले हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन जुलियन अल्भारेजले दुई गोल गरे । कप्तान लियोनल मेस्सीको नाममा एक गोल रह्यो ।

खेलको ३४ औं मिनेटमा मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए ।

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले अल्भारेजलाई पेनाल्टी क्षेत्रमा फउल गर्दै लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

खेलको ३९ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई पहिलो हाफमा २–० गोलको अग्रता दिलाए । काउन्टर बलमा क्रोएसियाका डिफेन्डरले बल क्लियर गर्न नसक्दा अल्भारेजले एकल प्रयासमा गोल गरे ।

त्यसपछि खेलको ६९ औं मिनेटमा अल्भारेजले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३–० गोलको सहज जित दिलाए । उनले मेस्सीले उपलब्ध गराएको पासमा सहजै गोल गरे ।

दुई पटकको च्याम्पियन अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अर्जेन्टिना सन् २०१४ पछि पहिलोपटक फाइनलमा पुगेको हो। फाइनलमा अर्जेन्टिनाले फ्रान्स या मोरोक्कोको सामना गर्नु पर्नेछ। विश्वकपको फाइनल खेल पुस ३ गते आइतबार नेपाली समय अनुसार ८ः४५ बजे शुरु हुनेछ।

साविक विजेता फ्रान्स र मोरक्कोबीचको दोस्रो सेमिफाइनल बुधबार राति हुनेछ ।

images
प्रकाशित मिति :मंसिर २८, २०७९ बुधवार - ०८:१७:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology