Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा

दैनिकी न्यूज

२९, मंसिर २०७९
साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा
images

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । योसँगै फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।

अर्जेन्टिना यसअघि नै क्रोएसियालाई ३–० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ ।

अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।

बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।

खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - ०८:५६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology