Logo

आइतवार, श्रावण २४ गते २०८३

images

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा

दैनिकी न्यूज

२९, मंसिर २०७९
साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा
images

काठमाडौं । साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । योसँगै फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो ।

अब फ्रान्सले उपाधिका लागि आइतबार अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ ।

अर्जेन्टिना यसअघि नै क्रोएसियालाई ३–० ले हराएर उपाधि नजिक प्रवेश गरिसकेको छ ।

अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे ।

बल पोसेसनमा पकड जमाएको मोरक्कोविरुद्ध फ्रान्सले दुबै हाफमा एक एक गोल गरेको थियो ।

खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २–० को जित दिलाए ।

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - ०८:५६:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology