Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२९, मंसिर २०७९
प्राइम कमर्सियल बैंकको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी कुल ८.९५ प्रतिशतले हुन आउने १ अर्ब ६६ करोड ९७ लाख ४० हजार ८९१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ४.९५ प्रतिशत नगद लाभांश ९करसहित० छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपश्चात सेयरधनीहरुलाई प्रदान गरिने बैंकले जनाएको छ। 

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - १८:५६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology