काठमाडौं । आज (सोमबार) सुनको भाउ स्थिर छ । आइतबार तोलाको १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि प्रतितोला सोही भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला १ लाख रुपैयाँमै स्थिर छ ।
आज चाँदीको तोलाको १३ सय ८० रुपैयाँमै किनबेच भइरहेको छ ।
महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार १ सय ६५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ८५ हजार ७ सय ३५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ८३ रुपैयाँ कायम गरेको छ ।