Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

हिमालयन र सिभिल बैंकले प्रस्ताव गर्यो लाभांश

हिमालयन र सिभिल बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

५, पौष २०७९
हिमालयन र सिभिल बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । हिमालयन बैंक लिमिटेड र सिभिल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ ।

हिमालयन बैंकको आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.११ प्रतिशत नगद लाभांश गरि कुल १९.११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

त्यस्तै सिभिल बैंकले आज मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश गरि कुल ५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी ९ अर्ब ७ करोड ५८ लाख ४३ हजार रहेको छ ।

हिमालय र सिभिल बैकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुनेछ ।

images
प्रकाशित मिति :पौष ५, २०७९ मंगलवार - १९:५४:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology