काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले १० प्रतिशतले हुन आउने १२ करोड बराबरको बोनस शेयर , १० प्रतिशतले हुन आउने १२ करोड बराबरको नगद लाबहंश गरि कुल २४ करोड बराबरको लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुनेछ ।