काठमाडौं । एनआईसी एशिया बैंकले यस वर्ष पनि लाभांश नदिने भएको छ । बैंकको पुस ५ गते बसेको संचालक समितिको बैठकले आ.व. २०७८ – ७९ को नाफाबाट बैंकले कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले बैंकको २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८ – ७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी सोलाई स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सो को अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।
बैंकले गत वर्ष पनि लाभांश दिएको थिएन ।