काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १२ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट बितरण गर्ने लाभांश घोषणा गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।