Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन

दैनिकी न्यूज

१४, पौष २०७९
प्रभु साहको नेतृत्वमा आम जनता पार्टी गठन
images

काठमाडौं । रौतहट क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद प्रभु साहले आम जनता पार्टी गठन गरेका छन्।

एमालेले दिएको टिकट अस्वीकार गरेर स्वतन्त्रबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएर विजय हासिल गरेका साहले आफ्नो अध्यक्षतामा नयाँ पार्टी बनाएका हुन्। साहको अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन भएको छ।

साहले बिहीबार पत्रकार सम्मेलनमार्फत पार्टी घोषणा गरेका हुन्।

साहको पार्टीको संसदीय विभाग प्रमुख रौतहट २ बाट निर्वाचित अर्का स्वतन्त्र सांसद किरण साह बनेका छन्।

यस्तै लुम्बिनी प्रदेश इन्चार्जमा रितादेवी यादव, अध्यक्षमा परमानन्द बर्मा, कर्णाली प्रदेश इन्चार्ज उपेन्द्र साह र अध्यक्षमा सियाराम कुश्वाहा र सुदूरपश्चिम इन्चार्ज कुन्द्र कुश्वाहा र अध्यक्षको जिम्मेवारी केशव राय चौधरीलाई दिइएको छ ।

images
प्रकाशित मिति :पौष १४, २०७९ बिहिवार - २१:४४:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology