Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से सूचक

दोहोरो अंकले बढ्यो नेप्से सूचक

दैनिकी न्यूज

१७, पौष २०७९
दोहोरो अंकले बढ्यो नेप्से सूचक
images

काठमाडौं । आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १७.२६ अंकले बढेर २०४६ दशमलव २९ को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका २६१ कम्पनीका १ करोड ८ लाख ८० हजार ९ सय ४ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार ५ सय १० रुपैयाँ १९ पैसाको कारोबार भएको छ । जस मध्ये नबिल बैंकको सर्वाधिक २२ करोड ५७ लाख, नेपाल टेलिकमको १९ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको १५ करोड ८० लाख, तथा एनआईसी एसिया बैंकको १० करोड ३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका विकास बैंक र फाइनान्स बाहेकका सबै समुहगत सूचक बढेका छन् । जस मध्ये लाइफ इन्स्योरेन्स समुह सर्वाधिक २.९९ प्रतिशत बढेको छ भने नन लाइफ इन्स्योरेन्स समुह १.९५ प्रतिशत बढेको छ । आज फाइनान्स समुह र विकास बैंक समुह क्रमश ०.२० प्रतिशत र ०.०४ प्रतिशतले घटेको छ ।

आज ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएका मध्ये १२१ कम्पनीको मूल्य बढेको छ भने ८७ कम्पनीको मूल्य घटेको छ । 

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - १८:०१:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology