Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

कुमारी बैंक र एनसीसी बैक बीचको एकिकृत कारोबार, चुक्ता पुँजी २६ अर्ब

कुमारी बैंक र एनसीसी बैक बीचको एकिकृत कारोबार, चुक्ता पुँजी २६ अर्ब

दैनिकी न्यूज

१८, पौष २०७९
कुमारी बैंक र एनसीसी बैक बीचको एकिकृत कारोबार, चुक्ता पुँजी २६ अर्ब
images

काठमाडौं । कुमारी बैंक लिमिटेड तथा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) मर्ज भई एकिकृत कारोबार सुरु गरेका छन् । दुई बैंक १ः१ शेयर अनुपातमा मर्जर भई कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु गरेका हुन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवै बैंकका अध्यक्ष– कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जबरा तथा साविकको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले संयुक्त रुपमा उद्घाटन गरे पश्चात् कुमारी बैंक लिमिटेडले एकीकृत वित्तीय कारोबार सुरु गरेको हो ।

कार्यक्रममा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले नेपालको हालको आर्थिक परिस्थिति र अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आजको आवश्यकता रहेको यस घडीमा यो मर्जर निकै सुखद र सकारात्मक कदम रहेको बताए। उनले मर्जरपछि उनीहरुले यो वर्ष एनसीसी र कुमारी बैंकले घोषणा गरेको लाभांशभन्दा एकीकृत भई बलियो बनेको कुमारी बैंकको लाभांश अझ आकर्षक हुने उद्घोष गरे ।

मर्जर पश्चात् बैंकको चुक्तापुँजी २६ अर्ब २३ करोड रूपैयाँ, कूल निक्षेप ३ खर्ब २ अर्ब रुपैयाँ र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस पश्चात् कुमारी बैंक लिमिटेडले ४१५ वटा स्थानहरूबाट आफ्ना आधुनिकसुविधाहरू प्रदान गर्ने भएको छ – जसमा ३०६ वटा शाखा कार्यालय, ४७ एक्स्टेन्सन काउन्टर र ६२ वटा शाखारहित बैंकिङ्ग इकाइहरू तथा एटीएम संख्या ३४५ रहने छन् ।

नेपालको इतिहासमै सबैभन्दा कम कार्यदिन अर्थात ६५ दिनमै मर्जर सम्पन्न गरी एकीकृत कारोबार सुरु गरेको हो ।

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०८:४२:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology