Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

अत्याधिक चिसो बढ्यो, यस्तो छ आगामी तीनदिनको मौसम

अत्याधिक चिसो बढ्यो, यस्तो छ आगामी तीनदिनको मौसम

दैनिकी न्यूज

२०, पौष २०७९
अत्याधिक चिसो बढ्यो, यस्तो छ आगामी तीनदिनको मौसम
images

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज विहान मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ । जारी बुलेटिन अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

२०७९ पुस २० गते  (बुधबार)

दिउँसोː गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस २१ गते  (बिहीबार)

दिउँसोː प्रदेश  को पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातीː प्रदेश  को पहाडी भू-भागमा आंशिक बदली तथा  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

२०७९ पुस २२ गते  (शुक्रबार)

दिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ। 

रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहनेछ।

आगामी  २४  घण्टाका  लागि  चेतावनी  तथा  परामर्श  ( Warning / Advisory for next 24 hours):

देशको प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना  रहेको  तथा  तराईका धेरै  भू-भागहरुमा  बाक्लो हुस्सु/कुहिरो लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउनु हुन अनुरोध छ।

images
प्रकाशित मिति :पौष २०, २०७९ बुधवार - ०७:५५:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology