Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता

दैनिकी न्यूज

२०, पौष २०७९
चार महिनामा १८० करोड वैदेशिक लगानी फिर्ता
images

काठमाडौं । मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष (आव) २०७९–८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७–७८ मा ३९ करोड ६७ लाख र आव २०७८–७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो । आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

images
प्रकाशित मिति :पौष २०, २०७९ बुधवार - ०८:०९:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology