Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आईपीओ निष्काशन गर्न आत्मनिर्भर लघुवित्तले पायो बोर्डको अनुमति

आईपीओ निष्काशन गर्न आत्मनिर्भर लघुवित्तले पायो बोर्डको अनुमति

दैनिकी न्यूज

२२, पौष २०७९
आईपीओ निष्काशन गर्न आत्मनिर्भर लघुवित्तले पायो बोर्डको अनुमति
images

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्कासनका लागि पुस १७ गते बोर्डबाट अनुमति पाएको हो ।

हाल संस्थापक तर्फ रू. ४ करोड २० लाख चुक्तापूँजी रहेको कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेपछि चुक्तापूँजी रू. ६ करोड २३ लाख ३८ हजार पुग्नेछ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ । 

images
प्रकाशित मिति :पौष २२, २०७९ शुक्रवार - २१:३५:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology