Logo

सोमवार, श्रावण २५ गते २०८३

images

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान

दैनिकी न्यूज

२४, पौष २०७९
राष्ट्रिय सभा सदस्य उपचुनावका लागि दल दर्ता आह्वान
images

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभा सदस्य उपचुनावका लागि राजनीतिक दल दर्ताको आह्वान गरेको छ ।

लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभा सदस्यका लागि उपचुनाव हुँदैछ । प्रतिनिधि सभा चुनावमा उठ्न राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले राजीनामा दिएका थिए । आयोगले आज सूचना निकालेर संविधानको धारा २ सय ७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको हो ।

निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरुले उपचुनावका लागि भोलिदेखि २८ गतेसम्म आयोगमा निवेदन दिन सक्नेछन् । दल दर्ता गर्ने प्रयोजनका लागि सार्वजनिक बिदाको दिनमा समेत आयोगको कार्यालय खुला हुने निर्वाचन अयोगले जनाएको छ ।

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - ०८:००:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology